संविधान संशोधनमा साना दलको समर्थन

जेठ ३१, काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि विभिन्न साना दलले समर्थन जनाएका छन् । सभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले संविधान संशोधन गरेर नयाँ नक्शा समावेश गर्ने आजको दिन सबै नेपालीका लागि खुशीको दिन हो भने । “हामीले नक्शालाई संविधान संशोधन गरेर अगाडि बढाएका छौँ तर यत्तिले मात्रै पुग्दैन, अब जमीन नै फिर्ता लिने गरी वार्ता थाल्नुपर्ने हुन्छ, त्यसका लागि पनि सबै नेपाली एक जुट हुनुपर्छ”, उनले भने । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले नक्शा सार्वजनिक गर्दै संविधान संशोधनमार्फत कार्यान्वयन गरेर...