नेपालमा एक महिनामा रेल आउने भाडादर समेत तोकियो

पुस ९, काठमाडौं – नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिने जस्ता पूर्वतयारी गर्न बाँकी छ । रेल आउने समय तय भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको छ । रेल सञ्चालनका लागि कार्यालय सहयोगी देखि व्यवस्थापक र साधारण प्राविधिक देखि विशेषज्ञ इन्जिनियर सम्मको जनशक्ति आवश्यक छ । अहिलेसम्म कर्मचारी भर्ना तथा व्यवस्थापनका नाममा केही पनि काम अगाडि बढ्न सकेको छैन । जयनगर–जनकपुर खण्डमा चलाउन सरकारले...