नेपाल भ्रमण बर्षलाई स्वागत गर्न मकवानपुरको इन्द्रसरोबरमा नाइट पार्टी कन्सर्ट हुने
पुस १४, हेटौडा – नेपाल भ्रमण वर्ष २०२० लाई भव्य स्वागतको लागि मकवानपुर उत्तरी क्षेत्रमा रहेको मानवनिर्मित ताल इन्द्रसरोवरमा भव्य कार्यक्रम र नाइट पार्टी सहित नयाँ वर्षको समेत स्वागत गरिने भएको छ । यही पुस १५ गते मंगलबार डिसेम्वर ३१ तारिकका दिन इन्द्रसरोबर गाउँपालिकामा भ्रमण बर्ष स्वागतका लागि सांगीतिक कार्यक्रम हुने भएको हो । इन्द्रसरोबर गाउँपालिकाकै पहलमा अन्य केही संस्थाहरुको तत्परतामा संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागेको इन्द्रसरोबर गाउपालिकाको अध्यक्ष जीवन लामाले बताउनु भयो । कार्यक्रमको उदघाटन ३ नं प्रदेश सरकारका पर्यटनमन्त्री अरुण नेपालले गर्नु हुनेछ । उक्त कार्यक्रम...


















