साग गेममा आज १७ खेलमा प्रतिस्पर्धा हुँदै, उसुतर्फ १८ स्वर्णका लागि प्रतिस्पर्धा हुने
मंसिर १९, काठमाडाैँ – जारी १३ औँ सागको पाँचौं दिन आज विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ । काठमाडौं र पोखरा गरि १७ खेलमा प्रतिस्पर्धा हुनेछ । आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट, फुटबल, गल्फ, ह्यान्डबल, कबड्डी, पौडी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, बिच भलिबल, भारोत्तोलन, र उसुको प्रतिस्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल,भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ । सागको महिला फुटबलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ । यस अघि श्रीलंकाविरुद्ध १–० को झिनो गोल अन्तरले विजयी नेपाल माल्दिभ्सविरुद्ध सहज जितको खोजीमा...



















