प्रधानमन्त्री प्रचण्डको पहिलो निर्णय: सुशासन, सेवा प्रवाह र विकास निर्माणमा प्रभावकारिता अभिवृद्धि
पुष, काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सेवा प्रवाह र विकास निर्माणमा प्रभावकारिता अभिवृद्धि गर्ने पहिलो निर्णय गरेका छन् । सोमबार पद बहालीपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुदृढीकरण सम्बन्धी निर्णयमा हस्ताक्षर गरेर यस्तो निर्णय गरेका हुन् । सोमबारै सिंहदरबारमा बसेको पहिलो मन्त्रीपरिषद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले जनतामा आशा जगाएको भन्दै निर्वाचनबाट आएको निर्णयलाई मन्त्रिपरिषद्ले समेटेको पनि बताए । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा देखिएको जटिलतालाई सुधार गर्ने, सुशासन र जनताको सेवा प्रवाहमा केन्द्रित हुनेबारे पहिलो बैठकमै छलफल भएको भन्दै राहदानी, लाइसेन्सजस्ता सेवा प्रवाह गर्ने कार्यालयमा...


















