यी हुन् बागमती प्रदेशसभाका ११० सांसदहरु (नामावली सहित)
पुष, हेटौंडा – प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा बागमती प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको परिणाम सार्वजनिक भए सँगै १ सय १० सांसदको नाम टुंगो लागेको छ । प्रदेशसभामा सत्ता गठबन्धनको नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष ७ र समानुपातिकतर्फ १४ गरेर २१ सिटमा सिमित बन्दै तेस्रो बनेको कांग्रेस यसपटक प्रत्यक्ष र समानुपातिक गरेर ३७ सिटसहित पहिलो पार्टी बनेको हो । ०७४ मा प्रत्यक्षमा ४२ र समानुपातिकमा १६ सिट गरेर ५८ सिट सहित बहुमत प्राप्त गरेको नेकपा एमाले यसपटक प्रत्यक्ष र समानुपातिक...



















