विश्वकपमा श्रीलंकाको पहिलो जीत
एजेन्सी – १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जीत दर्ता गरेको छ । मंगलबार राति भएको खेलमा अफगानिस्तानलाई डिएल मेडथको आधारमा ३४ रनले पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो। बेलायतको कार्डिफमा वर्षाले प्रभावित खेलमा श्रीलंकाले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५२ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले सर्वाधिक ४३ रन बनाएपनि टोलीको हार जोगाउन सकेनन् । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६ ओभर ५ बलमा अलआउट हुँदै २०१ रन बनाएको...



















