जिल्ला बचत तथा ऋण संघ मकवानपुरको अध्यक्ष पदमा पुनः श्रेष्ठ
मंसिर, हेटौंडा – जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको अठारौं बार्षिक साधारणसभा तथा सातौं निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । बार्षिक साधारणसभा पश्चात् सम्पन्न निर्वाचन कार्यकमले आगामी चार वर्षको लागि अध्यक्ष पदमा कल्पना श्रेष्ठलाई पुनः निर्वाचित गरेको छ । निर्वाचन समितिका संयोजक मदन कुमार दाहालका अनुसार श्रेष्ठले ७९ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । उनका प्रतिद्वन्द्वी राजु गौतमले ३९ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्ष पदमा मिनाकुमारी चौरेल विजयी भएकी छिन् । उनले ८२ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी सितादेवी भेटवालले ३५ मत प्राप्त...



















