टिभिएसको रोनिन मोटरसाईकल हेटौंडा अटोमार्टमा
पौष, हेटौंडा – बहुप्रतिक्षित टिभिएसको पहिलो ‘मोडर्न-रेट्रो’ अनस्क्रिप्टेड लाइफस्टाइल मोटरसाईकल ‘रोनिन’ हेटौडामा उपलब्ध हुने भएको छ । नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालमा टिभिएस रोनिन सार्वजनिक गरे संगै हेटौंडाको रानीदरबार अगाडि रहेको हेटौंडा अटोमार्टमा पनि उक्त मोटरससाइकल सार्वजनिक गरिएको हो । कम्पनीले टिभिएस ‘रोनिन’ लन्च गर्दै प्रिमियम मोटरसाइकल जगतमा ‘रोनिन’ लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरेको जनाएको छ । टिभिएस ‘रोनिन’ नयाँ युगका राइडरहरुकालागि तयार गरिएको मोटरसाइकल हो । यो स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको छ जसले नयाँ पुस्ताका राइडरहरुका लागि अनस्क्रिप्टेड जीवनशैली प्रवर्द्धन गर्दछ...



















