‘बुद्धको उपदेशलाई व्यवहारमा लागु गरौँ – उपसभामुख तामाङ

हेटौडा (मनहरी) – प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङले गौतम बुद्धको उपदेशलाई जीवनमा लागु गर्न आग्रह गरेकी छिन् । चैत्र २२ गतेदेखि मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ स्थित रुञ्चेडाँडामा भएको महायज्ञ बुद्ध वचन (भुम) महा प्रज्ञापरामिता पाठको समापन कार्यक्रममा बोल्दै उनले त्यस्तो आग्रह गरेकी हुन् । ‘महायज्ञ पुजाबाट प्राप्त ज्ञानलाई जीवन र व्यवहारमा लागु गर्न म सबैलाई आग्रह गर्छु’ उनले भनिन्,–‘ हामीले विभिन्न ठाउँमा पुजा गर्यौँ तर तर पुजा गर्ने र उपदेश सुनाउने मात्र काम भयो, अब यसलाई जीवनमा लागु गरौँ ।’ गौतम बुद्धको उपदेशलाई शिरोपर गर्ने...