तामाङ् भाषा मात्र बोल्ने गाउ, छाजोगाङ

सिन्धुपाल्चोक -हेलम्बु गाउँपालिका ५ स्थित माथिल्लो गाउँ छाजोगाङमा तामाङ भाषा मात्र बोलिन्छ । तामाङ समुदायको बाहुल्य रहेको बस्ती ‘छाजोगाङ’ को अर्थ नै हो, प्रकृतिमय डाँडा । पुर्ख्यौली संस्कृति र मान्यता जोगाउन छाजोगाङमा तामाङ भाषा मात्रै बोल्ने गरिएको हो । ‘यो पुर्ख्यौली तामाङ परम्परा हो, भाषा नरहे हाम्रो अस्तित्व रहन्नजस्तो लाग्छ, त्यसैले यसलाई दैनिकी बनाइसकेका छौं,’ हेलम्बु ५ का ७० वर्षीय लालबहादुर तामाङले भने । यहाँको हरेक घरअगाडि बौद्ध परम्पराको ध्वजा ‘दर्जो’ झण्डा, पूजा कक्षमा कुलदेवता ‘लत्यान्जे’ लाई पुज्छन् । बोल्दा पवित्र होइने विश्वासमा आफ्नै खास भाषा प्रयोग गर्ने तामाङ परिवारले ७ पुस्ताको पुर्खा र...