राक्सिराङको संस्कृति र प्रकृति समेटिएको ‘चिउरी फुल्ने ठाउँ’ लोकदोहोरी सार्वजनिक
हेटौंडा (राक्सिराङ) – मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकाको प्राकृतिक सौन्दर्य र पहिचान झल्काउने लोकदोहोरी गीत ‘चिउरी फुल्ने ठाउँ’ सार्वजनिक गरिएको छ। गीतमा स्थानीय लोक गायक गम बहादुर प्रजा र उर्मिला प्रजाको स्वर रहेको छ। मकवानपुरमा सबैभन्दा धेरै चिउरीका फूल पाइने क्षेत्रका रूपमा परिचित सिलिङगे सीमार गाउँमा गीतको भिडियो छायांकन गरिएको हो। चिउरी फुल्ने मौसममा देखिने मनमोहक प्राकृतिक दृश्य, गाउँको जीवनशैली, संस्कृति तथा स्थानीय परिवेश र पर्यटकिय क्षेत्रहरुमा गुम्न आउन गीतमा अनुरोध गरिएको छ। गीतमा आयुष चेपाङको शब्द तथा संगीत रहेको छ भने भिडियो सम्पादन राजकुमार मगरले गरेका छन्। त्यसैगरी...


















