प्रथम पदमपोखरी साँस्कृतिक महोत्सव सम्पन्न

हेटौंडा । ०७फाल्गुन/ हेटौडा १३ पदमपोखरी स्थित लोकतान्त्रिक चोकमा प्रथम सांस्कृतिक महोत्सव पदमपोखरी मेला आज तेस्रो दिनमा सम्पन्न भएको हो ।”संस्कार, संस्कृति, साहित्य र कलाको जगेर्ना गरौ, स्थानिय व्यापार, कृषि उपज उत्पादनलाई प्रवर्द्धन गरौं”,भन्ने मुल नाराका साथ यस पदमपोखरी सांस्कृतिक महोत्सव आयोजना गरीएको हो । कार्यक्रममा हेटौंडा १३ का वडा सदस्य उत्तम गोम्जाले स्वागत मन्तव्य राखेका थिए । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सासंद कुमारी मोक्तानले यस मेलाले हेटौंडा १३ का स्थानीय बासिन्दालाई व्यापार व्यवसाय माथि थप टेवा पुर्याएको अनुभूति भएको बताए...