मकवानपुर बहुमुखी क्याम्पसमा नेविसंघ द्वारा लाग्यो ताला
हेटौंडा । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समितीले स्ववियु निर्वाचन समितिको सचिवालयमा ताला लगाएको छ । संघले आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा बुद्ध बराम नेतृत्वको सङ्गठनलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन माग गर्दै विहिबार आन्दोलित भएका हुन् । संघले उक्त मागसहित क्याम्पस प्रशासनलाई विज्ञप्ति समेत बुझाएको छ । संघले विज्ञप्ति मार्फत सहभागी हुन पाउने वातावरण बनाउन माग गर्दै सहायक क्याम्पस प्रमुख संगम चौलागाईलाई विज्ञप्ति बुझाइएको सभापति बरामले जानकारी दिए । संघले १९ फागुनमा बरामको नेतृत्वमा संगठन दर्ता गरेको थियो । बुधबार स्ववियु निर्वाचन समितिलले अध्यक्ष/सभापति तथा...



















