हेटौंडा १२ मा युनेशको समर्थन रविनलाई

हेटौंडा । ०५ मंसिर/ आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा–१२ को वडाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका मध्ये स्वतन्त्र उम्मेद्वारी दिएका युनेश लामा स्याङ्तानले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यलयमा उम्मेद्वारी फिर्ता लिए पश्चात स्याङ्तानले पत्रकार सम्मेलन मार्फत प्रेस बिज्ञप्ती जारी गर्दै नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार रबिकुमार प्रधान (रविन)लाई समर्थन गर्ने जानकारी दिएका छन् । स्याङ्तानले वडाको विकासका लागि माओवादी केन्द्रका उम्मेद्वार रबिकुमार प्रधान (रविन) उपयुक्त भएकोले उनलाई समर्थन गरेको बताए । नेपाल समाजवादी पार्टीका जिल्ला नेतासमेत रहेका स्याङ्तानले आफ्नो पार्टीले...