हेटौंडा १० चण्डिका होटलमा एक युवक मृत भेटिए
हेटौंडा । २५ पुष/मकवानपुरको हेटौंडाको एक होटेलमा एकजना पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार १२:२० बजेको समयमा हेटौंडा १० बसपार्कस्थित श्याम सुन्दर तिवारीले संचालन गरेको चण्डिका होटलमा युवक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत भेटिएका युवक मकवानपुरको राक्सिराङ गाउँपालिका-४ बस्ने वर्ष २८ को सरोज शाह रहेका छन् । उक्त होटलमा पुस १५ गतेदेखि शाह सोही होटलको २०१ नम्बर कोठामा बस्दै आएका थिए । बिहान अबेरसम्म ढोका नखोलेर बाहिर नआएपछि होटल संचालकले प्रहरीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट अनुसन्धान टोली खटी...



















