युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन

हेटौंडा। ११ साउन/हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले कर्मचारी तथा कामदार भर्ना गर्दा बिना बिज्ञापन भर्ना गरेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रेका छन् । हालै उद्योगमा कर्मचारी भर्ना गर्दा बिना बिज्ञापन अन्य स्थानबाट सिधै भर्ना गरेको र स्थानीयलाई प्राथमिकता नदिएको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रेका हुन् । उद्योगमा आवश्यक कर्मचारी नियुक्तिमा स्थानीयहरुलाई प्राथामिकता नदिएकोले स्थानीयहरु आन्दोलनमा आन्दोलनमा उत्रिन परेको स्थानीय बिजन लटौलाले बताए । उद्योगले  बिज्ञापन नै नगरी गुपचुप शैलीमा कर्मचारी तथा कामदार भर्ना गरेको स्थानीय लटौलाले बताए । स्थानीयहरुले आफ्नो योग्यता अनुसारको रोजगारी पाउनु पर्ने...