पाँच खानेपानी योजनाको लागि गाउँपालिका र वाइन टु वाटर बीच सम्झौता
मंसिर, हेटौडा (राक्सिराङ्ग) – पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्राथमिकतामा रहेका पाँच वटा खानेपानी तथा सरसफाई योजनामा दातृ निकाय वाइन टु वाटर नेपालसँगको साझेदारीमा अघि बढाउने भएको छ। गाउँपालिका र वाइन टु वाटरको प्रतिनिधि बीच आज शुक्रबार ५ वटा योजनाको सम्झौता भएको हो। सम्झौतामा गाउँपालिका अध्यक्ष राज कुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, वडा नम्बर ३ को वडा अध्यक्ष उत्तम वाइबा, वाइन टु वाटर नेपालको कार्यक्रम संयोजक यज्ञराज जोशी र प्रतिनिधिको उपस्थिति रहेको थियो। गाउँपालिकाको अनुसार एक वर्ष भित्र सम्पन्न हुने योजनाहरुमा वडा नं....



















