हेटौंडा सिमेन्ट उद्योग किन कोमामा जादैं ?
अनिल बसेल हेटौंडा । वि.सं २०३३ साल असोज १३ गते देशकै ठूलो हेटौंडा सिमेन्ट उद्योगको स्थापना भएको हो ।१ अर्ब ३३ करोड लागतमा स्थापना भएको हेटौंडा सिमेन्ट यतिखेर जिर्न अवस्थामा पुगेको छ । हेटौंडा ९, स्थित हेटौंडा सिमेन्ट उद्योग विगत ५ महिनादेखि क्लिंकर उत्पादन बन्द रहेको छ । उद्योगको ४ वटा चुनढुंगा खानी भएकोमा ओखरे खानी मात्र सन्चालनमा रहेको तर उक्त खानीबाट समेत विगत ९ महिनादेखि हालसम्म चुनढुंगा आपूर्ति हुन नसकेको र उद्योगमा हाल मौज्दात रहेको लगभग २० हजार मेट्रीक टन चुनढुंगा समेत ठेक्का सम्झौतामा तोकिए बमोजिम ४३ ग्रेड...