पाँचौ मनहरी महोत्सबको तयारी पुरा, भोलि उद्घाटन हुँदै

माघ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको व्यापारिक केन्द्र मनहरीमा पाँचौ संस्करणको मनहरी महोत्सबको तयारी पुरा भएको छ। भोलि माघ १६ गते मंगलबार देखि मनहरी पुलको उत्तरी क्षेत्रको बगरमा हुने महोत्सबको तयारी पुरा भएको मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति तथा महोत्सब व्यबस्थापन समितिका संयोजक गणेशमान मानन्धरले जानकारी दिनुभयो। बागमती प्रदेश सभाका संसद इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा महोत्सबको उद्घाटन समारोह हुने भएको छ। भोलि महोत्सबको उद्घाटन अघि मनहरी गाउँपालिका ८ नं वडा कार्यालयबाट शोभायात्रा गर्ने तयारी भएको संयोजक मानन्धरले जानकारी दिनुभयो । स्टल र स्टेज निर्माण कार्य...