मनहरीमा माघ २३ गते देखि उपाध्यक्ष कप भलिबल प्रतियोगिता हुने
माघ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। मनहरी गाउँपालिकाको सहयोगमा खेलकुद विकास समिति मनहरीले यहि माघ २३ गते देखि उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो । आइतबार मनहरीस्थित रोटरी मार्केटमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी समितिले प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेस्थित गोलघरमा माघ २३ गतेदेखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ । खेलकुद विकास समितिका अध्यक्ष बिरु लामाका अनुसार ९ वटै वडाबाट भलिबल टिम दर्ता हुनेछ । सम्बन्धित वडा कार्यालयसँग...



















