नेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित

फाल्गुन, भक्तपुर – नेपाल साहित्य मन्दिरबाट दुई साहित्यकार सम्मानित भएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा नेपाल साहित्य मन्दिरले प्रदान गर्दै आएको जरीमाया स्मृति पुरस्कार ११४४ बाट वरिष्ठ कथाकार सरस्वती तुलाधर र युवा साहित्यकार तर्फ प्रदान गरिँदै आएको कुमार शाखः स्मृति प्रोत्साहन पुरस्कारबाट भने युवा गजलकार अनीश शाक्यलाई सम्मान गरेको हो । नेपाल भाषामा कथा लेखन गर्दै तथा नेपाल भाषामा नै अध्यापन गर्दै आउनु भएकी तुलाधरलाई नगद दश हजार सहित यस वर्षको जरीमाया स्मृति पुरस्कारबाट सम्मान गरिएको नेपाल साहित्य मन्दिरले जानकारी दिएको छ । यस्तै युवा साहित्यकार तर्फ भने...