छैठौ बागमती गोल्डकपको खेल तालिका सार्बजनिक, बिजेतालाई १० लाख

माघ, हेटौडा (बागमती) – मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकामा हुने छैठौं बागमती गोल्डकपको खेल तालिका सार्वजनिक गरेको छ l आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले आज पत्रकार सम्मेलन गरी खेल तालिका सार्वजनिक गरेको हो l प्रतियोगिताको उद्घाटन खेल फागुन १ गते राइटलेन एजुकेशन बागमती युथ क्लब सर्लाही र मच्छिन्द्र फुटबल क्लब, काठमाडौं बीच प्रतिस्पर्धा हुने भएको छ l फागुन २ गते हिमालयन शेर्पा क्लब काठमाडौं र आयोजक बीच प्रतिस्पर्धा हुनेछ l तेस्रो खेल फागुन ३ गते नव जनजागृति क्लब सिमरा र एन.आर.टि.फुटबल क्लब काठमाडौंसंग प्रतिस्पर्धा गर्नेछ l त्यस्तै, फागुन...