संसदीय पत्रकार मञ्च गण्डकीको टोली हेटौँडामा
हेटौँडा, वैशाख । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको पत्रकारहरुको टोली विभिन्न प्रदेशहरुको भ्रमणको क्रममा प्रदेश ३ को हेटौँडा आइपुगेको छ । मञ्चका सचिव विशन क्षेत्रीको नेतृत्वमा शुक्रबार हेटौँडा आएको गण्डकी प्रदेशको टोलीले प्रदेश ३ को प्रदेश सभाको गतिविधिहरुको बारेमा जानकारी लिएको छ । प्रदेश ३ को प्रदेश सभा सचिवालयमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा प्रदेश सभाका सचिव रामशरण घिमिरेले गण्डकी प्रदेशको पत्रकार टोलीलाई प्रदेश सभाको गतिविधिहरुको बारेमा जानकारी गराउँदै प्रदेश सभा सचिवालयलाई व्यवस्थित गर्ने काम भईरहेको बताउनुभयो । उहाँले प्रदेशको स्थायी राजधानी राजनीतिक विषय भएको भन्दै स्थायी राजधानी नतोक्दा...



















