‘कम्युनिष्ट सरकारले देशलाई निकास दिन्छ’- सांसद मोक्तान
हेटौडा (मनहरी) – तिन नम्बर प्रदेशसभा सदस्य कुमारी मोक्तानले कम्युनिष्ट सरकारले नै देशलाई निकासा दिने दाबी गरेकी छिन् । दुई तिहाइको कम्युनिष्ट सरकार आएसँगै देशमा विकासको लहर सुरु भएको उनले बताईन् । पश्चिम मकवानपुरको मनहरीमा शनिबार सम्पन्न मनहरी गाउँपालिका स्तरीय युवा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मोक्तानले यस्तोे बताएकी हुन् । देश विकासमा युवाहरुलाई अगाडी सार्नु पर्ने भन्दै मोक्तानले युवाको सहभागिता बिना कुनै पनि क्षेत्र विकास नहुने बताईन् । कार्यक्रममा बोल्दै मोक्तानले मनहरीलाई विकासको पथमा उन्मुख गर्नका लागि स्थानिय युवाहरुलाई परिचालन गर्नुपर्ने बताए । कार्यक्रममा नेकपा मकवानपुरका अध्यक्ष मुनु...