पदमपोखरीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ मा अवस्थित महेन्द्र माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्लान ईन्टरनेशनल मकवानपुरको आर्थिक सहयोग तथा बाल अधिकार तथा महिला विकास केन्द्र पदमपोखरीको आयोजना र महेन्द्र मावि पदमपोखरकिो समन्वयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । वक्तृत्वकला प्रतियोगितामा महेन्द्र माविका पम्फा पराजुली प्रथम, महेन्द्र माविकै बन्दना थिङ द्वित्तिय र सनराईज इङ्ग्लिस बोर्डिङ स्कुलका सुशिल फुयाँल तृतिय भएका छन् । प्रतियोगितामा फेमकोल एकेडेमीकी उदेशा पौडेल, महेन्द्र माविका खगिन्द्र शर्मा र नराईज इङ्ग्लिस बोर्डिङ स्कुलकी आयुष्मा लम्साल निर्णायक रहेका थिए । महेन्द्र मावि...



















