तिन नम्बर प्रदेशको बजेटप्रति विपक्षीको असन्तुष्टी
हेटौंडा – प्रदेश नम्बर ३ सरकारले ल्याएको आगामी आर्थिक बर्ष(आव) २०७६/७७ को बजेटप्रति विपक्षी दलहरुले तिव्र असन्तुष्टी जनाएका छन् । प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले पेश गरेको बजेट वक्तव्य अस्पष्ट, अपूर्ण र विकास अनुकुल नरहेको उनीहरुले आरोप लगाए । गत आव २०७५÷७६ मा भन्दा ११ अर्ब ९९ करोड ५२ लाख बढी अर्थात् ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैंयाको बजेट ल्याएपनि प्रतिपक्षी दलहरु सन्तुष्ट हुन सकेका छैनन् । प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बजेट अपूर्ण,...



















