इन्द्रसरोवर तालमा पानी भरियो, बहाब घटाउन ड्याम खोलिदै
हेटौंडा – मकवानपुरको उत्तरी क्षेत्रमा रहेको कुलेखानीको इन्द्रसरोवर ताल भरिएको छ । बिहिबार देखि परेको निरन्तर पानीको कारण ताल भरीएर खतराको संकेत देखिएपछी पानीको बहाब घटाउन ड्यामको ढोका खुलाउने भएको छ । कुलेखानीमा क्षमता भन्दा बढी पानी भरीएकोले त्यहाँबाट बग्ने पानीले चार जिल्लामा खोला आसपासका जिल्लामा बाढीको खतरा हुने भएकाले सत्रर्क रहन मकवानपुरको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आग्रह गर्नुभएको छ । बिहान ८ बजेबाट कुलेखानी ड्यामको ढोका खोलेर पानी बाहिर छोडिने भएको छ । जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले इन्द्रसरोवरको ड्याम खोलेर पानीको बहाब घटाउन लागिएको हो ।...



















