तिन नम्बर प्रदेश सरकारले रातो किताव हेटौंडाबाट छाप्ने

साउन २०, हेटौंडा – तिन नम्बर प्रदेश ३ सरकारले अव देखि मुद्रणको सबै काम हेटौंडाबाट गर्ने भएको छ । प्रदेश सरकारले पहिले मुद्रण बिभाग काठमाण्डौंबाट नीति तथा कार्यक्रम, बजेट लगायतका किताब छाप्नुपर्ने बाध्यता भोग्दै आएपनि अव भने प्रदेश राजधानी हेटौंडाबाटनै प्रदेश सरकारको रातो किताव छाप्ने लगायतका काम गरिने भएको हो । किताव छाप्नका लागि मेसीननै हेटौंडामा ल्याइसकिएको प्रदेश नम्बर ३ का आन्तिरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्ट्लले बताउनुभयो । सरकारका प्रकासन छाप्नका लागि ल्याइएको मेसिन आन्तरिक मामिला मन्त्रालयमा राखिएको छ ।