डेंगु संगै स्क्रब टाइफस पनि भेटियो, लामखुट्टेको टोकाइबाट बच्न डाक्टरको सल्लाह

भदौ २६, काठमाण्डौ – काठमाण्डौमा डेंगुसँगै स्क्रब टाइफसका बिरामी भेटिन थालेका छन् । डेंगु भएको भन्दै अस्पताल पुगेका बिरामीमा स्क्रब टाइफस भएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगु र स्क्रब टाइफसको लक्षण एउटै हुन्छ । अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, शरीरमा बिमिरा देखिनु, आँखा रातो हुनु, खोकी लाग्नु, पसिना आउनु र ग्रन्थी सुन्निनु स्क्रब टाइफसका लक्षण हुन् भने उच्च ज्वरो आउनु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, टाउको धेरै दुख्नु, खान मन नलाग्नु,...