डेङ्गुका कारण चितवनमा पर्यटकको चहलपहलमा कमी
असोज ७, काठमाण्डौ – नेपालको अधिकांश क्षेत्रमा साउन महीना देखि डेङ्गुको सङ्क्रमणका बढेपछि पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । सङ्क्रमणका कारण देशको विभिन्न पर्यटकीय स्थानहरुमा पर्यटकको चहलपहल कम भएको छ । भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन न्यून सङ्ख्यामा आएका छन् । चितवनस्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार विगत वर्षहरुमा यतिबेला दैनिक एक हजार हाराहारी पर्यटक सौराहा भित्रने गर्दथे तर यस वर्ष यो सङ्ख्या २०० को हाराहारी मात्र छ । यस वर्ष वर्ष आउने पर्यटक दैनिक २०/३० को हाराहारी रहेका छन् भने समूहमा आउने २०० भन्दा...



















