प्रदेश तीनको आइतबार प्रदेशसभा बैठक बस्दै

भदौ ७, हेटौंडा – तिन नम्बर प्रदेशको प्रदेशसभा बैठक दुई महिनापछि भोली (आइतबार) बस्ने भएको छ । गत असार १२ गते वर्षे अधिवेशनमा चालु आर्थिक वर्ष ०७६।७७ को वार्षिक बजेट पारित गर्दै स्थगित भएको प्रदेशसभा बैठक भदौ ८ गतेलाई आह्वान गरिएको हो । प्रदेशसभा सचिवालयका सचिव रामशरण घिमिरेको अनुसार लामो समयदेखि स्थगित प्रदेशसभा बैठक आइतबार दिउँसो २ बजेका लागि आह्वान गरिएको वताउनुभयो । हाल प्रदेशसभामा मुख्य एजेन्डाका रूपमा रहेको स्थायी राजधानी र नामकरणबाहेक प्रदेशसभामा विधेयक दर्ता भएका छन । यसअघि विभिन्न समितिमा रहेका पाँचवटा विधेयक समितिहरूले विभिन्न चरणमा छलफल गरेर टुंग्याइसकेका...