जिग्तेन शिवा छेथारलिङ गुम्बामा आज देखि विश्व शान्ति तथा फुर्बा पुजा शुरु

असोज १४, हेटौडा – मकवानपुरको हेटौडा उपमहानगरपालिका ५ सानोपोखरामा रहेको जिग्तेन शिवा छेथारलिङ गुम्बामा आजबाट विश्वशान्ति तथा फुर्वा पूजा शुरु भएको छ । भारतको देराहदुनबाट आउनु भएको धर्मगुरु ज्ञान बज्र रेम्पोर्छेको नेतृत्वमा तिन दिन सम्म फुर्बा पुजा पाठ हुने छ । सनोपोखारा स्थित गुम्बामा आज भएको औपचारिक समुदघाटन कार्यक्रममा हेटौडा उपमहानगरपालिकाको प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महतले, ‘बुद्धधर्म अहिले बिश्वब्यपीकरण भैरहेको बेला पश्चिमा मुलुकहरुमा समेत बौद्धधर्म लगायत हिन्दुधर्म समेत अंगालिरहेको अवस्थामा हाम्रा केही दाजुभाईहरु बिदेशी धर्म प्रति आकर्षित भैरहेको देख्दा कहिले कही...