सिन्धुपाल्चोकको सब-स्टेशनमा लागेकाे आगो नियन्त्रण

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको लामो साँघुस्थित नेपाल बिद्युत प्राधिकरणको सबस्टेशनमा आगलागी हुदाँ तीन करोड भन्दा बढीको क्षति भएको छ । सबस्टेशनमामा आइतबार १२ बजेर २५ मिनेट जाँदा आगलागी भएको थियो । झण्डै दुइ घण्टा पछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट ३० एमभीए क्षमताको टान्सफरमर पूर्ण रुपमा क्षति भएको छ । सो टान्सफरमर तीन करोड भन्दा बढी मूल्यको रहेको छ । आगलागीबाट केबुल, क्वाइन, रेडियटर जलेर नष्ट भएको सो सबस्टेशनका इन्जार्ज फुर्वासाङगे लामाले बताउनुभयो । लामोसाँघुबाट दोलखा लगिएको ३३ केभीलाइनको ट्रान्सफरमा खराबी आएका कारण ट्रान्सफरमा एक्कासि पड्केको इन्जार्ज लामाले बताउनु...