प्रदेश ३ को मुकाम हेटौंडाबाट लाइसेन्स वितरण शुरु
पुस ६, हेटौंडा – तिन नम्बर प्रदेशको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाबाट पहिलो पटक लाइसेन्स वितरण शुरु भएको छ । कार्यालयले आवेदन खुल्ला गरेपछि मोटरसाईकल, स्कुटर र टेम्पुमा गरी लिखित परिक्षा पास गरेका ५ सय १० जनाले ट्रायल परिक्षा दिएका थिए । शनिबार लिईएको ट्रायल परिक्षामा १ सय २९ जनाले मोटरसाईकलको ट्रायल पास गरेका छन् । २० जनाले स्कुटर र ९ जनाले टेम्पुको ट्रायल परिक्षा पास गरेको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका प्रमुख पोषण थापाले जनाकारी दिए । सवारी चालक अनुमति पत्रको लागी मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी लगायत आसपासका...



















