हेटौंडा राजधानी टुंगिएपछि १६/१६ मिटर भत्किने निश्चित

पुस २३, हेटौडा – प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती रहने लगभग निश्चित भएको छ । सत्तारुढ दल नेकपा नेतृत्वले पुनः राजधानी हेटौंडा र नाम बाग्मती मानेर जान निर्देशन दिएपछि प्रदेशसभा सदस्यहरु सकारात्मक देखिएका हुन् । राजधानी विवाद टुंगिने देखिएको छ । राजधानी सँग-सँगै हेटौंडाको सडक विस्तार विवाद पनि टुंगिने संकेत देखिएको छ । प्रदेश ३ को राजधानी हेटौंडा कायम हुँदा हेटौंडा बजारको सडक विस्तार हुने संकेत देखा परेको छ । विगत लामो समय देखि हेटौंडाको मुख्य सडक फराकिलो पार्न प्रयास भएका छन् । तर, राजनीतिक नेतृत्वकै...