काठमाडौंमा यसबर्ष कै सबैभन्दा चिसो
पुस १२, काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौं उपत्यकाको तापक्रम यस वर्षको कम रहेको जनाएको छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकाको तापक्रम शनिबार बिहान ०.६ डिग्री सेल्सियस मापन भएको छ । यसअघि उपत्यकाको न्युनतम तापक्रम ० दशमलव ९ डिग्री सेल्सियस मापन भएको थियो । उपत्यकामा अहिले हुस्सु र कुहिरो लागेको छ । दिउँसो बिस्तारै हट्दै जाने महाशाखाकी मौसमबीद् गंगा नगरकोटीले जानकारी दिइन् । काठमाडौ उपत्यकासहित धेरैजसो भागमा पहाडी भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको छ । तराईका अधिकांश भेगका अहिले बाक्लो हुस्सु...



















