आचारसंहिता उल्लंघन गर्दै सहायक निर्वाचन अधिकृत एमालेको प्रचारमा

बैशाख, हेटौडा (मकवानपुर गढी) – निर्वाचन आयोगले जारी गरेको स्थानीय निर्वाचन आचारसंहितानै उल्लंघन गर्दै सहायक निर्वाचन अधिकृत एमालेको प्रचारमा व्यस्त छन् । मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनी यतिखेर एमाले चुनावी प्रचारमा व्यस्त रहेका छन् । उनले सामाजिक सञ्जालहरुमा विदुर हुमागाई जिताऔं अभियानलाई विभिन्न समयमा सामाजिक सञ्जालहरुमा सार्वजानिक गर्दै एमाले जिताऔं अभियानमा लागेका छन् । सरकारका राष्ट्रसेवक कर्मचारीहरु त्यस माथी सहायक निर्वाचन अधिकृत जस्तो भूमिकामा रहेर निर्वाचन आचारसंहिताको धज्जी उडाउदैं एमालेको प्रचारमा लागेको पाइएकोले चौतर्फी विरोध भइरहेको छ । उनी मात्र नभई गाउँपालिका तथा...