एमाले उम्मेदवार सुनिता डंगोल विरुद्ध अख्तियारमा उजुरी
बैशाख, काठमाडौं – वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको उपप्रमुख (उपमेयर) मा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। डंगोलविरुद्ध शैक्षिक योग्यता ढाटेर काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक्ति लिइ गैरकानुनी रुपमा तलब लिएको भन्दै अख्तियारमा उजुरी परेको हो । समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति कुनै पनि प्राविधिक तर्फको सल्लाहकार हुन नसक्ने उजुरीमा दाबी गरिएको छ । ‘काठमाडौं महानगरपालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुन पर्ने निकायमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्ति काठमाडौं महानगरपालिका...

















