हेटौडा उपमहानगर कांग्रेसले पाउनुपर्ने भन्दै मकवानपुरको नेताहरु प्रधानमन्त्री देउवा संग भेटघाट

बैशाख, हेटौंडा – नेपाली काग्रेस मकवानपुरका नेताहरुले हेटौंडा उपमहानगरपालिकाको मेयरमा काग्रेसले पाउनुपर्ने माग राखेका छन् । काग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर काग्रेसले मेयर पाउनुपर्ने गठबन्धनभित्रका दलहरुलाई अरु पद भाग लगाउनुपर्ने माग गर्दै शेरबहादुर देउवा समक्ष भेट गरेका हुन् । काग्रेस मकवानपुरका नेता तथा कार्यकर्ताहरुले जिल्ला नेता आनन्दराम पराजुलीलाई मेयरको उमेदवार बनाउनका लागि माग समेत गरेका छन् । एमालेलाई हराउन सक्ने एक मात्र उमेदवार भन्दै पराजुलीलाई टिकट दिलाउन समेत माग गरेका हुन् । पराजुलीको टोलीले काग्रेस महामन्त्री गगन थापा, गृह मन्त्री, पार्टी प्रबक्ता लगायतकालाई भेट गरेका छन् ।...