मकवानपुरको थाहा नगरमा दैनिक ८ घण्टा विद्युत अवरुद्ध हुने
चैत्र, हेटौडा (थाहा नगर) – मकवानपुरको थाहा नगरमा बैशाख ३ गतेदेखि दैनिक ८ घण्टा बिद्युत अवरुद्व हुने भएको छ । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र अन्तर्गत धोर्सिङ्ग सब-स्टेशनबाट वितरित धोर्सिङ्ग-कुलेखानी ड्याम साईड हुँदै मार्खु सम्मको ११ के.भी. लाईन सुधारका लागि विद्युत बन्द गर्न लागिएको पालुङ वितरण केन्द्रले जनाएको छ । हाल संचालनमा रहेको धोर्सिङ्गबाट मार्खुसम्म तानिएको ११ के.भी.लाईन झण्डै ४० वर्ष अधि तानिएको र उक्त लाईनमा रहेका पोल जिर्ण भएको र तारले लोड धान्न नसक्ने भएकाले अपग्रेडिङ्ग गर्न लागिएकोे पालुङ वितरण केन्द्र प्रमुख बिरमान रास्कोटीले बताए । पालुङ...



















