गठवन्धको चुनावी तालमेलमा हेटौँडा उपमहानगर नेकपा एसले पाउने

चैत्र, हेटौँडा – सत्ता गठवन्धनले आउँदो स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेल गर्ने गरि चुनावी तालमेलको तयारी थालेको छ । बागमती प्रदेश अन्तर्गत रहेका ३ वटा महानगरपालिका र एक उपमहानगरपालिका सत्ता गठवन्धनले भाग लगाउँदा दुईवटा नेपाली कांग्रेस, एक माओवादी केन्द्र र एक नेकपा (एकिकृत समाजवादी) को भागमा पर्ने श्रोतको दाबी छ । नेपाली कांग्रेसले काठमाण्डौ र ललितपुर महानगरपालिकामा मेयरको उम्मेद्वार खडा गर्ने छ । त्यसैगरी भरतपुरमा नेकपा माओवादीले मेयरको सिट प्राप्त गर्दा बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका भने समाजबादीको हातमा पर्ने संभावना उच्च रहेको छ । यस...