सहकारी विकासको लागि सरकार प्रतिबद्धः मन्त्री मोक्तान
पुष, हेटौंडा – बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सहकारी प्रत्यक्ष जनता सँग जोडिएको संस्था भएकाले सहकारीको विकासको लागि प्रदेश सरकारले महत्वपूर्ण भुमिका खेल्ने बताएकी छन् । शनिबार हेटौंडा उपमहानगरपालिका १३, शिखरपानीस्थित चुरेशिखर कृषि सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभाको उद्घाटन गरेपछि उनले सहकारी ऐनमा संशोधन गर्न सकिने भन्दै त्यसका लागि पहल गर्ने बताईन् । ‘सहकारी ऐनमा केही समस्या छ भने पुर्नविचार गर्नुपर्छ, गर्न सकिन्छ,’ उनले भनिन्, ‘प्रदेश सरकारले ऐन, कानून बनाउँदा पत्रकार, यातायात, बालबालिका, महिलाको संघसंस्थासँग छलफल समेत गर्ने गरेको छ ।’ दुग्ध उत्पादकसहित धेरै किसानलाई...



















