थाहा नगरपालिकाद्वारा जिल्ला स्तरीय फुटबल बिजेता टोलीलाई सम्मान

पुष, हेटौडा (थाहानगर) – जिल्ला समन्वय समिती मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद बिकास समिति मकवानपुरको ब्यबस्थापनमा मंसिर १८ देखि २५ गते सम्म हेटौंडामा सम्पन्न प्रथम अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको बिजेता थाहा नगरपालिकाको खेलाडी ,प्रशिक्षक तथा ब्यबस्थापक लाई नगरपालिका कार्यालय थाहा नगरले बुधबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । नगर कार्यपालिकाको कार्यालय परिसर इन्द्रायणी चौरमा थाहा नगर खेलकुद बिकास समितिका संयोजक राजेस केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरका प्रमुख लबशेर बिष्ट, उपप्रमुख खड्गबहादुर गोपाली, नगरका कामु अधिकृत अजित घिमिरे, थाहा नगरपालिका राजनैतिक सल्लाहकार बिष्णु बिष्ट आदर्श , नेकपा...