कांग्रेस प्रदेश अधिवेशन – आज मनोनयन, भोलि मतदान
मंसिर, हेटौडा – सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज शुक्रबार सात वटै प्रदेशमा उममेदवारकाे मनोनयन दर्ता हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन भइसकेको छ । आज उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका तय भएको छ भने शनिबार मतदान हुनेछ । १६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गरेका थिए । तर, प्रदेश नम्बर १...


















