जनचासोको विषय सम्बन्धि २ दिने पत्रकारिता तालिम

असोज, चितवन – जनचासोको विषय सम्बन्धि २ दिने पत्रकारिता तालिम चितवनको नारायणगढमा शुरू भएको छ । नेपाल पत्रकार महासंघले पत्रकार महासंघ चितवन शाखासँगको समन्वयमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको उदघाटन नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीको प्रमुख आतिथ्य तथा पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो । मकवानपुर, चितवन, पर्सा, गोर्खा र नवलपुरका विभिन्न मिडियामा कार्यरत करिव २ दर्जनबढी पत्रकार सहभागी कार्यक्रममा पत्रकार सन्तोष पौडेलले सहजिकरण गरिरहेका छन् । कार्यक्रममा पत्रकार महासंघकी केन्द्रीय सचिव सिर्जना अर्याल, कार्यक्रम प्रमुख हिरण्य जोशी, पत्रकार महासंघ गण्डकी प्रदेशका...