अनेमसंघ (क्रान्तिकारी)ले १२ बुँदे माग राख्दै थाहानगर प्रमुखलाई बुझायो ज्ञापनपत्र
असोज, हेटौडा (थाहानगर) – समान कामको लागि समान ज्याला ब्यबहारमा लागु गर्न अनुरोध गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) थाहा नगर कमिटिले थाहा नगर प्रमुख लबशेर बिष्टलाई ज्ञापनपत्र बुझाएकाछन् । महिला हिंसामुक्त पालिका घोषणा लगायत महिला सँग सम्बन्धित १२ बुँदे माग राख्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) थाहा नगर कमिटिले बुधबार नगरपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् । शिक्षण संस्था, स्वास्थ्य संस्था वरपर धुम्रपान, मद्यपान र जुवातास निषेध क्षेत्र घोषणा गरिनुपर्ने, माध्यमिक तहसम्म विद्यालयलाई किशोरी मैत्री बनाउनुपर्ने, सेफ हाउस व्यवस्था हुनुपर्ने लगायतका माग ज्ञापन पत्रमा समेटिएको छ । साथै, ज्ञापन...

















