बागमती प्रदेशका १३ सांसदले पाए आयोगबाट मान्यता
भदौ, हेटौडा – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका नेकपा एमालेका १३ सांसदलाई नयाँ दलको सांसदका रुपमा मान्यता दिने निर्णय गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेश तथा प्रचलित कानुनको अधिनमा रहेर उनीहरुलाई शुक्रबार दल परिवर्तनको मान्यता दिएको हो । आयोगका अनुसार बागमती प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएर राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका सांसदहरु राजेन्द्र पाण्डे, कृष्णप्रसाद खनाल, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ, मीना ज्ञवाली...


















