यु–१३ युथ एकेडेमी कार्यक्रममा छनोट भएका भुवनलाई आर्थिक सहयोग सहित बिदाई

भदौं, हेटौंडा – अखिल नेपाल फुटबल संघ (एन्फा) को यु–१३ युथ एकेडेमी कार्यक्रममा छनोट भएका मकवानपुरका खेलाडी भुवन कामीलाई आर्थिक सहयोग सहित बिदाई गरिएको छ । एन्फाको कार्यक्रमबाट नेपाल आर्मीको युथ एकेडेमीमा आबद्ध भएका भुवनलाई आइतबार मकवानपुर जिल्ला फुटबल संघ, हेटौंडा नगर खेलकुद विकास समिति, नेपाल खेलकुद महासंघ लगायतबाट आर्थिक सहयोग प्राप्त भएको हो । एकेडेमीमा सहभागी हुन भुवन आइतबार नै काठमाडौं गएका छन् । उनलाई मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले खादा ओढाएर बिदाई गर्नुभएको थियो । अध्यक्ष लामाले भुवनलाई एकेडेमीमा आवश्यक पर्ने खर्च व्यवस्थापन गर्नका लागि...