बैदेशिक रोजगारीबाट फर्केका थापाले सञ्चालन गरे, व्यवसायिक मासु पसल
भदौं, हेटौडा (मनहरी) – मकवानपुर मनहरीका एक युवाले बैदेशिक रोजगारबाट फर्केर माछा-मासु ब्यवसाय थालनी गरेका छन । बैदेशिक रोजगारका लागि कतार पुगेका मनहरी-९ ज्यामिरेका ईश्वर थापाले आफनो ५ वर्षे बैदेशिक रोजगार यात्रालाई विट मारी नेपाल फर्के पछि ब्यवसायिक रुपमा मासु तथा माछा ब्यवसाय सुरुवात गरेको हो । हाल उनले मनहरी-७ एस एन्ड टि राई मार्केटमा ‘टिकटक फ्रेस मासु पसल’ नामक ब्यवसाय दर्ता गरि पसल सञ्चालनमा ल्याएका छन । आगामी दिनमा बैदेशिक रोजगारमा नफर्किने हेतुले आफ्नै ठाँउमा कडा मेहनत गरि ब्यवसाय सञ्चालन गरिने ब्यवसायि थापाले बताए । बिदेशी भुमिको दुखले...



















