नारायणगढ-मुग्लिन सडक खण्ड संचालनमा

भदौं, चितवन – बिहिबार साँझबाट अबरुद्ध रहेको नारायणगढ–मुग्लिन सडक खण्ड संचालनमा आएको छ । पहिरोको कारण अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडक खण्ड शुक्रबार बिहान बाटो सफाई सके लगत्तै संचालनमा आएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका–२९, सेतीदोभान र कालीखोलामा खसेको पहिरोका कारण हजारौ अलपत्र परेका थिए ।