राक्सीराङका यी युवा पुन:माओबादी केन्द्रमै फर्किए
भदौं, हेटौडा – राक्सिराङ गाउपालिकाका दश जना युवाहरु पुन: माओवादी केन्द्र मै फर्किएका छन् । सोमबार जारी प्रेस बिज्ञप्तिमा राक्सिराङ ६ नम्बर वडाका शुभराज चेपाङ्ग, सुमनलाल चेपाङ्ग र बुद्धिबहादुर चेपाङ्ग लगायत ७ जना माओवादी केन्द्र मै रहेको राक्सीराङ इन्चार्ज बनस्तम थिङ्गले बताउनु भयो । गत भदौ ३ गते कामको सिलसिलामा राक्सिराङ गाउपालिका चैनपुरमा पुग्दा नेपाली कांग्रेसका अगुवा कार्यकर्ताले जबर्जस्ति हाम्रो भावना विचार बिपरित पार्टी प्रवेश गराइएकोमा खेद प्रकट गर्दै माओवादी केन्द्र मै रहेको बिज्ञप्तिमा उल्लेख छ । आगामी दिनमा अनेक जालझेल र प्रलोभनमा पारि कथित पार्टी प्रवेश कार्यक्रममा अरुको...



















